
धनगढी, माघ २१ : प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएपछि मुख्यमन्त्री त्रीलोचन भट्टले ‘सुदूरपश्चिम महोत्सव’को उद्घाटन गर्ने भएका छन् ।
आजदेखि ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ सुदूरपश्चिम महोत्सवको १३औं संस्करण शुरु हुँदै छ । प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीले महोत्सव उद्घाटन गर्ने तयारी गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए ।
संघीय इकाई प्रहरीको खेलमैदानमा हुने महोत्सवको मुख्यमन्त्री भट्टले आज दिउँसो २ बजे उद्घाटन गर्ने छ ।
उद्घाटन गर्नु अघि प्रभातफेरी निकालिएको छ । धनगढीको ट्राफिक चोकबाट बाजागाजा र सांस्कृतिक झाँकीसहित शुरु भएको प्रभातफेरीले बजार परिक्रममा गरिरहेको छ ।
फागुन २ गतेसम्म चल्ने महोत्सवमा दुई सय २५ स्टल रहने जनाएको छ । महोत्सवमा १५ करोड कारोबार हुने अनुमान गरिएको छ ।