
दमौली, माघ २४ : बलात्कारकाे आराेप लागेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा राखिएकाे छ ।
स्थानीय २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि थुनामा राखिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको उजुरी दिएकी थिइन् । उनले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी फरार रहेका थिए । उनले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।