नेविसंघले सरकारी गाडी जलायो

भानु पराजुली

पोखरा, माघ १९ : नेपाल विद्यार्थी संघले पोखरामा सार्वजनिक विदाको दिनमा सरकारी गाडी चलाएको भन्दै पेट्रोल खन्याएर आगो लगाएको छ । 

पोखरामा महानगरपालिका वडा नम्वर ७ स्थित श्रीकृष्ण माविको अगाडी विद्यार्थीहरुले उक्त सरकारी गाडीमा आगो लगाएका हुन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्वरको गाडी पूर्णमा जलेको छ । 

प्रहरीले पाेखराकाे हाेटल रिदमबाट नेविस‌‌घका पूर्व  जिल्ला सभापति लक्ष्मि पाैडेल सहित परशुराम बस्नेत, डिफान भुजेल र बिनय पाैडेललाइ पक्राउ गरेकाे छ । 
 

 Published Date: Saturday, 2nd February 2019 11:04:38 am