गण्डकीका मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

पोखरा, भदौ ६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छ।

बेलायतस्थित तमू धीं नामक संस्थाले  सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनी पत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन्। ‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथि हुनेछन्।

बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा  लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने जनाएको छ।

मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए।

मुख्यमन्त्री गुरुङ यहि भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

 Published Date: Friday, 23rd August 2019 1:56:05 pm