सामुदायिक विद्यालयमा बस सेवा

पर्वत, माघ २६ : पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले बस सेवा शुरु गरेको छ ।

स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो । प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेकाे जनाएकाे छ ।

बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २२ लाख २५ हजार सहयोग गरेको छ । एक लाख ६३ हजार कम भएकाे विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुवेदीले बताए ।

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुविधा पुगेको छ । नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन् । बस सेवा पुगेपछि एक घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् ।

यो विद्यालयमा अहिले सात सयभन्दा बढी बिद्यार्थी अध्ययनरत छन् । विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ ।

 Published Date: Saturday, 9th February 2019 11:43:24 am