सोमबार, मंसिर १५, २०७७

काठमाडौं उपत्यकामा थपिए ८९९ जना कोरोना संक्रमित

फाइल तस्वीर।

काठमाडौं,  मंसिर ६ : काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, शनिबार नेपालमा  थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९  पुगेको छ भने अहिलेसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३०५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २३२३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

 Published Date: Saturday, 21st November 2020 4:05:00 pm